हिन्दुराष्ट्र घोषणाको माग राख्दै चितवनमा आमरण अनसन

चितवन । गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा नारायणगढस्थित नारायणी नदी किनारमा आमरण तथा रिले अनसन सुरु भएको छ ।श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वज आफै अनसन बस्नु भएको छ ।

उहाले सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन आमरण अनसन सुरु गर्नु भएको हो । उहा यस अघि पनि दुर्ई पटक आमरण अनसन बसि सक्नु भएको छ ।

तीव्ररुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गरिएको भारद्धाजले बताउनु भयो । भारद्धाजकै अगुवाईमा २०७६ देखि नारायणी नदी किनारमा महाआरतीहुदै आइरहेको छ । रिले अनसनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधरणहरु समेत सहभागि हुन सक्नेछन् । अनसनको भारत गोरखपुरको नाथ अखडाका पिठाधिस शिवनाथ योगीले शुभारम्भ गर्नु भएको थियो ।

झापाका व्यासाचार्य किशोर गौतम, राष्ट गुरु योगी नरहरी नाथ मृगस्थली आश्रम काठमाण्डौका संरक्षक योगी बेघ्र बेधनाथ , आचार्य जगन्नाथ कँडेल, देवघाटधामका पिठाधिसहरु लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय स्तरका ६ र स्थानीय स्तरका ३ सहित ९ सुत्रिय माग राख्दै अनसन सुरु गर्नु भएको हो ।

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो ।

माग पुरा नहुदा सम्म अनसन जारी राख्ने भारद्धाजले बताउनु भयो । प्रिषद्ले यहि भाद्र १६ गते प्रधानमन्त्री कार्यालय काठमाण्डौमा र ३० गते जिल्ला प्रशासन कार्यालय चितवनमा आफना माग सहितको ज्ञापन पत्र बुझाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..