बारको आकस्मिक बैठकले के निर्णय गर्‍याे ?

काठमाडौं । नेपाल बार एसाेसिएसनले बोलाएको आकस्मिक बैठक सकिएको छ । सर्वाेच्च अदालतका निलम्बित प्रधानन्‍यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाकाे कार्यकाल सकिएपछि आफूविरुद्धको महाभियोग स्वत: निष्क्रिय भएको भन्दै अदालत फर्किने तयारी गरेपछि बारले उपलब्ध पदाधिकारीबीच आकस्मिक बैठक डाकेको थियो । 

अनौपचारिक रूपमा बोलाइएको बैठकमा पछिल्लो घटनाक्रमको विषयमा पदाधिकारीलाई जानकारी गराइएको बारकी महासचिव अन्जिता खनालले बताइन् । ‘उहाँ फर्कने कुरा आएपछि हामीले जानकारी गराएका छौँ’, खनालले भनिन् । 

उनले जबरा अदालतत फर्किन खोजे त्यसको विरुद्धमा बार लाग्ने बताइन् । ‘कानुन मिचेर उहाँ फकिर्नु हुने छैन । फर्किन पनि मिल्दैन । फर्किएमा भने हामीले प्रतिकार गर्नेछौँ’, खनालले भनिन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..