मोरङ । हिन्दुहरूकाे महान चाड दसैँ, तिहार र छड पर्वहरू सुरू हुन लागेका छन् । वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज, जनकपुर काँकडभिट्टालगायतका भन्सार नाकाहरू भन्सारका कर्मचारी र तस्करहरूकाे सेटिङ मा राजश्व लुट्ने काम भइरहेकाे कुरा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आक्कलझुक्कल भन्सार छलेर ल्याएका मालसामान बरामद गरेकाट नै पुष्टि हुन्छ ।
विराटनगर भन्सार कार्यालयले न्यूनतम मूल्याङ्कन गरी छाडेका सामानहरू प्रहरीले बरामद गरेकाे छ । समाचार अनुसार, मोरङको विराटनगर महानगरपालिका-१२ रोडशेष चौकस्थितबाट प्रहरीले भन्सारमा न्यूनतम मूल्याङ्कन गरी आयात गरिएका विभिन्न सामग्रीहरु बरामद गरेको छ ।
हिजो भदाै २९ गते अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम विराटनगर भन्सारबाट मूल्याङ्कन गरी आयात गरिएको अवस्थामा बरामद गरेको जानकारी दिएकाे छ ।
बरामद गरिएको सामान करिब २१ लाख मूल्य बरावरको सामग्री र ट्रयाक्टर सहित चालक भारत जोगवनीका रोशन यादवलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


