यु.के पठाइदिन्छु भन्‍दै १३ लाख ठगेको आरोपमा एक जना पक्राउ


काठमाडौं । बेलायत (यु.के) पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-काडाँघारी बस्‍ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् ।


कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले काठमाडौंको धुम्बाराहीबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित लमहु शेर्पालाई वर्किङ भिषामा बेलायत (यू.के) लगायतका देशहरुमा पठाइदिन्छु भन्‍दै १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..