जनताले देशको चाबी माओवादीलाई दिन चाहेका छन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो निर्वाचनपछि जनताले माओवादीलाई देशको चाबी दिन चाहेको बताएका छन् ।

चाहेमा देशको राजनीति नै मोड्न सक्ने क्षमता आफ्नो पार्टीसँग रहेको दाबी गर्दै उनले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।माओवादीका दिवंगत नेता स्व. पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।


माओवादी नभए देशमा उपलब्धिहरु पनि गुम्ने अवस्था रहेको बताउँदै उनले भने, ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् । देशको राजनीतिलाई कता लैजाने भन्ने कुरा माओवादीले चाहेजस्तो हुने देखिन्छ । अब आगामी निर्वाचनमा पार्टी एकताबद्ध भई नेताहरू जनताका बीचमा जानुपर्छ ।

यसो गरेमा हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुनेछौँ ।’टिकटमा व्यक्तिगत स्वार्थ नहेरेर पार्टीगत स्वार्थ हेर्नुपर्ने बताउँदै उनले टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..