उम्मेदवार सिफारिस भएपछि कोइरालाले फिर्ता गरे सरकारी गाडी


विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएपछि उनले को १ झ ६५४ नम्बरको गाडी सोमबार बुझाएका हुन् ।


प्रदेशसभा सचिवालयले संसदीय दलका नेताहरुलाई सरकारी गाडी उपलब्ध गराएको थियो । कोइरालाले निर्वाचनपूर्व समानुपातिक मनोनयनसंगै पद रिक्त हुने विषय बाहिर आएकाले सरकारी सवारी साधन जिम्मा लगाएको जानकारी दिए ।कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन् ।

उनीसँगै सो क्षेत्रबाट संघीय सांसद सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुंगानाको नाम पनि सिफारिस भएको छ । अघिल्लोपटक पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउँदै उनले मंसिर ४ गतेको निर्वाचनमा पनि पार्टीले न्याय गर्ने बताए ।

कोइराला २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट १७ हजार ८ सय ९२ मतसहित विजयी भएका थिए । उनले नेकपा एमालेका रामप्रसाद महतोलाई १ हजार ४ सय १७ मतको अन्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..