एमाले अध्यक्ष ओली र ली चान्सुबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा ओली र चान्सुबीच भेटवार्ता भएको हो।

एमाले प्रतिनिधि मण्डल र ली नेतृत्व प्रतिनिधिमण्डलबीच आपसी सहयोग र द्विपक्षीय हितका बारेमा छलफल भएको छ।

ओलीलाई भेट्नुअघि लीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटेका थिए। चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए।

सोही क्रममा सभामुख सापकोटा र ली चान्सुले नेपाल र चीनबीचअन्तर संसदीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..