निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए टेस्टका लागि नमूना संकलन

काठमाडौं । निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा आइतबार एकैपटक (बच्चा र आरोपी श्रेष्ठ) दुवैजनाको नमूना लिइएको हो ।

कुमारी आमा निहारिकाले लामो समयदेखि आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै विभिन्न संघर्ष गर्दै आएकी थिइन् । केही दिनअगाडि मात्रै निहारिका पाजपुतको माग बमोजिम जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।


त्यसपछि आइतबार डीएनए टेस्टका लागि निहारिका आफ्नो बच्चा लिएर खुमलटारस्थित विधिविज्ञान प्रयोगशाला पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो ।बच्चा र शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ । डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..