गुप्तचरले सोमबार नयाँ प्रमुख पाउने

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा नयाँ प्रमुख(मुख्य अनुसन्धान निर्देशक) नियुक्तिको तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्ने उच्च स्रोत बताउँछ ।


हालका प्रमुख यदुलाल खरेलले ५८ वर्षे उमेरहदका कारण मंगलबारदेखि अवकाश पाउँदैछन् । सोही कारण सोमबार नै सरकारले नियुक्तिको तयारी गरेको छ । प्रमुखको प्रतिस्पर्धामा एआइजीद्वय हुतराज थापा र ओम जोशी छन् । दुईबीच एआइजी बढुवादेखि नै तिव्र प्रतिस्पर्धा छ । कसलाई बढुवा गर्ने विवाद चार महिना लम्बिएपछि सरकारले विभागमा एआइजीको एक दरबन्दी नै थपेर गत महिना दुवैलाई बढुवा गरेको थियो ।

पहिलो नम्बरमा थापाको बढुवा भएकाले उनकै प्रमुख बन्ने सम्भावना बलियो रहेको स्रोत बताउँछ । जोशीको तुलनामा कार्यक्षमतामा पनि अब्बल भएकाले पनि थापा रोजाईमा पर्ने सम्भावना छ । यद्यपी जोशी पनि सुदुरपश्चिममा कांग्रेस नेताहरुमार्फत चलखेल गरिरहेका छन् ।

प्रमुख नियुक्तिसँगै रिक्त हुने एआइजीको एक पदमा भने टेकेन्द्र कार्की नियुक्त हुने बताइएको छ ।

तल्लो तहमा पनि बढुवा हुँदै


गुप्तचरमा गत साता पाँच जना डिआइजीमा बढुवा भएका छन् । ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकीको डिआइजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो ।


बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । खड्कालाई सुदुरपश्चिम, खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ । बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ ।


त्यस्तै, दुई डिआइजीको सरुवा पनि भएको छ । प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमति तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको छ ।


डिआइजी बढुवासँगै गुप्तचरमा लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको छ । तल्लो तहमा भने विभागमा नयाँ प्रमुख नियुक्ति भएपछि मात्र बढुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..