महारानी एलिजाबेथको त्यो नेपाल भ्रमण, जहाँ ९ इन्चको सुनको साँचो हस्तान्तरण गरिएको थियो

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आएकी थिइन् ।

त्यसअघि उनी राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् ।

गोरखापत्रमा २०४२ साल फागुन ७ गते प्रकाशित समाचारअनुसार बेलायतकी महारानी एलिजाबेथलाई काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकारले सुनको साँचो हस्तान्तरण गरेका थिए ।

काष्ठमण्डपमा आयोजित समारोहमा साँचो हस्तान्तरण हुँदा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य उपस्थित थिए । महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिप पनि सो अवसरमा सहभागी थिए ।

साँचो चढाइएसँगै महारानीले तत्कालीन नगरपञ्चायतको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् । नौ इन्च लामो फूलको बुट्टा कुँदिएको सुन्दर भोटेसाँचो कलाकारद्वय मोतीकाजी शाक्य र स्वस्तिरत्न शाक्यले बनाएका थिए ।

गोरखापत्रले छापेको त्यो समाचारमा उल्लेख छ, “साँचो हस्तान्तरण समारोह नेपाली संस्कृतिसँग गाँसिएको छ । साँचो दिने प्रक्रियाले ठूलो विश्वासको स्थिति इङ्गित गर्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..