काठमाडौ । काठमाडौकाे पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरकाे निर्माण कार्य फेरि बन्द भएको छ। लगानी कर्ता बीचको बिबाद र लगानी कर्ता मध्येकि एक निशा गुरूङ चेक बाउन्सकाे केशमा जेल परेसंगै निर्माण कार्य राेकिएकाे छ ।उक्त भ्युटावर सबैभन्दा पहिले निशा गुरूङकाे अगुवाईमा सिंगापुर समुहले निर्माण गर्ने गरि स्रोत जुटाएको थियो ।
त्यसपछि उक्त निर्माण कार्यकाे लागि लगानीको जिम्मा हङकङ र बेलायतमा रहेका मगरहरूकाे संघ मगर संघले लिएको थियो ।अहिले कास्की पाेखरा १७ कि ३८ बर्षे निशा गुरूङ जेलपरेसंगै एकातिर निर्माण कार्य पनि राेकिएकाे छ भने अर्कोतिर उनी स्यवं र सिगापुरेहरूकाे लगानी पनि डुवेकाे छ।निशा र सिगापुरे समुहको झण्डै ५० करोड लगानी रहेको बताइन्छ ।
त्यस मध्ये पछि निर्माण र साझेदार समेत रहेका मनाेज भेटवालले केवल २६ कराेडकाे मात्रै चेक दिएर बांकी रकम नदिएको समेत खुलिसकेकाे छ।तर गिराेहले भने निशा गुरूङ समेतको सिंगापुरे समुहलाई शेयर नदिई उल्टाे चेक दिएर हुण्डी काराेबारी भनेर फसाएकाे समेत सार्वजनिक भएको छ। चेक बाउन्स लगायतको केशमा पक्राउ परेका मनाेज भेटवाल १३ लाख धराैटीमा छुटे भने , राजकुमार बिष्ट र उनका भाइ शिव बिष्ट तीन महिना जेल बसेर निस्किसकेका छन् ।
एउटै केशमा भेटवाललाई धराैटी खुलाइएको थियो भने निशालाई खुलाइएन।ठेकेदार मनाेज भेटवालले नाेइङ एलिङ कम्पनीलाई दिएको २६ कराेडकाे चेक अझै साटिएकाे छैन । चेक दिएको पनि बर्षाै बितिसकेको छ।
राजश्व अनुसन्धान विभागले हुन्डी कारोबार गरेको अभियोगमा चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो । विभागले निशा गुरुङ र काठमाडौं भ्युटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत चार जना बिरुद्ध मुद्दा हालेको हो।गुरुङले सिङ्गापुरका आफन्त तथा साथीभाइसँग भ्युटावर निर्माण गर्न भनेर पैसा उठाएकी थिइन्। उनले बैंकिङ प्रणालीभन्दा बाहिरबाट पैसा ल्याउने गरेकी थिइन्।
ल्याएको पैसा राजकुमार बिष्ट र उनका भाइ शिव बिष्टको सहयोगमा भ्युटावरका सञ्चालक भेटवालसँग मिलेर अन्य ब्यक्तिलाई वितरण गरेको भेटिएको थियो ।विभागको अनुसन्धानमा राजकुमार बिष्ट निशा गुरुङकोमा कार्यरत कर्मचारी रहेको पुष्टी भएको छ। उनको अभिताभ मल्टी प्रपोज प्रालि नामको फर्म छ। ब्यवसायिक आम्दानी भनी ठूलो नगद बारम्बार जम्मा गर्ने र निकाल्ने गरेको समेत भेटिएको छ। बिष्ट दाजुभाइ र भेटवालको साथबाट २६ लाख १५ हजार नगद बरामद भएको थियो ।
३४ लाख रुपैयाँ बराबरको तीन थान चेक पनि भेटिएको थियो । साथै १०४ थान विभिन्न बैंकको भौचरमा ४ करोड २७ हजार ८५० रुपैयाँ भेटिएको थियो । विभागले सबै रकम जोडेर ४ करोड ६० लाख ४२ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै मुद्दा हालेको थियो । विभागले विगोको तीन गुणा सजाय र तीन बर्ष कैदको माग गरेको थियो ।


