बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ । बागलुङ नगरपालिका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का र प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।


प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य पदार्थको कर संकलन गर्दा कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानी नोक्सानी गरेको आगोगको ठहर छ । तोकेको दरमा सूचना प्रकाशन गरेर ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर राजस्व संकलन गर्दा नागरपालिकालाई १७ लाख ४० हजार हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।


आयोगले तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कालाई ३४ लाख ८० हजार, तत्कालीन वडाअध्यक्ष जीवन आचार्यलाई ३४ लाख ८० हजार र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर र निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्यायसँग सोही परिणाममा बिगो माग दावी लिएको छ । राजस्व शाखाका सदस्य सचिवविरुद्ध पनि समान बिगो मागदावी लिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..