नेपालको राजनीति नेपालीको हातमा नरहेको अध्यक्ष लिङ्देनको भनाइ

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीति ठीक ढंगले नचलेको र गठबन्धन बनाउने तथा सरकार बनाउने कार्य पनि विदेशीले गरिरहेको बताएका छन् । नेपाल टुरिजम फेडरेशनले विराटनगरमा आयोजना गरेको सेवामूलक व्यवसायिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको राजनीति नेपालीको हातमा नरहेको बताएका हुन् ।

उनले विदेशीको हातबाट निर्णायकत्व खोस्न पनि आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर अघि बढ्नुपर्ने धारणा राखे । उनले मतको ठीक ढगंले सदुपयोग गर्नुपर्ने बताए राजनीतिक दलहरुको सरकारमा जनताप्रथामिकतामा नपरेको बताएका छन् ।

अध्यक्ष लिङ्देनले कृषि र पर्यटनको विकासबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव भएकाले राप्रपाले बनाउने घोषणापत्रमा कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिने बताए ।

सो कार्यक्रममा पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेत र नेपाल टुरिजम फेडरेशनका अध्यक्ष रेवत बहादुर थापाले सत्तासिन राजनैतिक दलका नेताहरुलाई मुलुक र जनताको चिन्ता र चासो नभएको बताए ।

उनीहरुले बेरोजगारी र मूल्यबृद्धिका कारण जनताहरु रुलाई जिवनयापनमा कठिनाई भइरहेकोले कृषि र पर्यटनको विकासमा जोड दिन आग्रह गरे । सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..