भारतीयहरु नेपालीलाई छोरी दिन मान्दैनन्

काठमाडौं । राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता रहेको भन्दै यो दुःखद रहेको बताएका छन् ।


बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालमा अवसरको अभावको कारण देखाउँदै अहिले भारतीयहरु नेपालीलाई छोरी दिन नै नमान्ने समस्या रहेको बताए।


‘अहिले भारतीयहरु नेपालमा बिहे गर्न खोजेकै छैनन्, समस्या यहाँ छ,’ खालिदले भने, ‘उनीहरुको भनाइ छ– तिमीकहाँ जागिर छैन । खेती छैन। समस्या नै समस्या छ । कुनै अवसर छैन । आफ्नो छोरी दिएर उसको भविष्य किन बिगार्ने ?’


‘समस्या यहाँ छ कि नेपालीलाई भारतीयहरुले आफ्नो चेलिबेटी दिन मानिरहेको छैन । हामीलाई के लागिरहेको छ भने करौंडौ संख्यामा नेपालमा आएर नेपाल कब्जा गरिहाल्छ । यस्तो अवस्था छैन,’ उनले थपे ।


धेरै नेपाली भारतमा बसेका छन् कि धेरै भारतीय नेपालमा बसेका छन् भन्ने संख्या निकाल्ने बित्तिकै सबै प्रष्ट हुनेसमेत उनको भनाइ छ । ‘झुठो राष्ट्रवादको कुरालाई लिएर हामीले यो अत्यन्त महत्वपूर्ण विषयलाई थाँती राखेका थियौं,’ खालिलले प्रश्न गर्दै भने, ‘अंगीकृत महिलालाई नागरिकता दिनु के नेपालमा नौंलो कुरा हो ? के पहिला दिएका छैनौं ?’ जवाफमा उनले भने, ‘पहिला पनि दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..