नेपालको ऋण २० खर्ब नाघ्यो

काठमाडौँ । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८\७९ मा यो ऋण करिब तीन खर्ब रुपियाँले बढी हो । आव २०७७\७९ मा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपियाँ थियो ।


ऋणको आकार बढ्दा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ । कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४१.४७ प्रतिशत पुगेको छ ।
यस्तो अनुपात अघिल्लो आर्थिक वर्ष ४०.७२ प्रतिशत मात्र थियो । सार्वजनिक ऋणको आकारलाई जनसङ्ख्यासँग तुलना गर्दा हरेक नेपालीको भागमा पर्ने ऋण करिब ६९ हजार रुपियाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..