मंसिर ४ को निर्वाचनका लागि नेकपा (एस) ओखलढुंगाद्वारा १३ उम्मेदवार छनौट


ओखलढुंगा । आउँदो मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी ओखलढुंगाले सिफारिस भएका उम्मेदवारीहरुको नाम सार्वजनिक गरेको छ । आज (बिहीबार) पार्टी पुनः गठन भएको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै कमिटीले जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

कमिटीले सार्वजनिक गरे अनुसार प्रदेश सभा ‘क’ को लागि प्रत्यक्षतर्फ राजन खत्री र सञ्जीव गुरुङ सिफारिस भएका छन् भने समानुपातिक तर्फ तिलक लोहनी र शारदा निरौला छन् । त्यस्तै प्रदेश सभा ‘ख’ का लागि प्रत्यक्ष तर्फ कमल खड्का, यमचन्द्र कट्वाल र पुर्णकुमारी सुवेदी र समानुपातिक तर्फ अम्बीकाप्रसाद भट्टराई रहेका छन् ।

यसैगरी प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ नेत्रप्रसाद भट्टराई, छत्रबहादुर कार्की र मेखबहादुर खड्का र समानुपातिकतर्फ निर्मला श्रेष्ठ रहेको कमिटीले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला ईन्चार्ज नेत्रप्रसाद भट्राईले पार्टी सचिवालय बैठकले निर्णय गरेको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तथा जिल्ला कमाण्डको निर्णय अनुसार जिल्लामा उम्मेदवार छनौट गरिएको जानकारी दिए ।

उनले गठबन्धन दलले जिल्लामा बेवास्ता गरी सहमति नभएमा संघ र प्रदेश दुवै तहमा चुनावी प्रतिष्पर्धा गर्ने पार्टीले निर्णय गरेको बताए । माओवादी केन्द्र र नेकपा एस बिच पार्टी एकताको समेत केन्द्रीय तहमा लगभग सहमति भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..