भारतले भन्यो : गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुन्छ


काठमाडौं । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुने बताएको छ । अग्निपथ योजनामा नेपालले असहमति जनाइरहेका बेला भारतले भने गोर्खा भर्ती समेत त्यहीअनुसार हुने बताएको हो ।


भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा भर्ती गर्दै आएका छौं । र, यसलाई अग्निपथ योजना अन्तरगत निरन्तरता दिन चाहन्छौं ।’

अग्निपथ योजनामा नेपाली युवाहरुलाई भर्ती गर्न आज बिहीबार (२५ अगष्ट) मा बुटबल र १६ भदौमा धरानमा प्रारम्भिक छनोट गर्ने योजना थियो । तर बुधबार परराष्ट्रमन्त्री नारायण खड्काले नेपालका लागि भारतीय राजदुत नविन श्रस्वास्तवलाई बोलाएर भर्ना प्रक्रिया रोक्न आग्रह गरेका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले जुन २०२२ मा अग्निपथ योजना सार्वजनिक गरेका थिए, जसमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । भर्ती भएकालाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइनेछ र चौथो वर्ष बढेर ६ लाख ९२ हजार पुग्ने छ ।

चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुनेछन् भने ७५ प्रतिशतको जागिर सकिनेछ । यसरी घर फर्किँदा उनीहरुले ११ लाख ७ हजार भारु उपदान पाउनेछन् । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र भविष्य विग्रिने भन्दै अग्निपथ योजनाको भारतमै विरोध भइरहेको छ ।

नेपाल सरकारले त्यसको विरोध गर्नुमा भने नेपाल भारत र ब्रिटेनको बीचमा भएको त्रिपक्षीय सन्धी उल्लंघनको विषय समेत छ । भारतीय सेनामा गोर्खा भर्ती सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..