सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती


वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर संयुक्त गस्ती गरिएको हो ।

निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त गस्ती गरिएको नेपाल तर्फको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । गस्ती टोलीले सीमा स्तम्भहरुको स्थिति बुझ्नुको साथै सिमा क्षेत्रको अनुगमन गरेका थिए ।


निर्वाचनको समयमा सीमा क्षेत्रमा देखिने समस्या समाधानमा एक अर्काबीच समन्वय र सहकार्यका साथ काम गर्ने सहमति यसअघि नै दुवै देशको सीमा क्षेत्रमा सुरक्षा निकायको नेतृत्व गर्दै आएका अधिकारीहरुबीच नियमित हुने बैठकमा भइसकेको छ ।जङ्गे पिलर न. ३९०/१ देखि पिलर न. ३९०-२२ हुँदै ३९०/३३ सम्मका पिलरहरुको संयुक्त निरीक्षण गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।


नेपाल तर्फबाट सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टसमेत २० जना र भारतीय पक्षबाट एसएसबीका सिमा निरीक्षक सुशिल कुमारको नेतृत्वमा १० जना गरी ३० जनाको टोलीले संयुक्त गस्ती गरको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..