राजपरिवारका ज्वाइँले मन्दिरको ८ बिघा बढी जग्गा हडपे


काठमाडौं । धनुषाको पिडारीचोकस्थित रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार कुमार खड्गविक्रम शाहले गुठी संस्थान तथा मालपोतका कर्मचारीलाई प्रभावमा पारेर रत्नसागर मन्दिरको ८ बिघा १० कठ्ठा १२ धुर सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रका भिनाजु शाहको दरबार हत्याकाण्डमा परेर मृत्यु भइसकेको छ । अपराधीसँगै अपराध मर्छ भन्न्ने फैजदारी न्यायको सर्वमान्य सिद्धान्त छ र फौजदारी कार्यविधि संहिताले पनि उनलाई कैद वा जरिवाना हुन सक्दैन ।


तर साविक भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम बिगो भराउन सक्ने भन्दै शाह वा निजको हकवालाको नाममा रहेको सम्पत्तिबाट २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो असुल गर्न अख्तियारले माग गरेको छ ।

तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बास्ताकोटी, मालपोतका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पञ्जियार र खरिदार गजदेव कामतीलाई भने २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..