धरानकाे फाेहाेर सामुदायिक वनमा नफाल्न हर्क साङ्पाङ्गलाई चेतावनी


धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रको नकुहिने फोहोर सामुदायिक वन क्षेत्रमा पर्ने सेउती खोलामा फाल्ने गरेको छ ।


त्यहाँ फालिएको फोहोर जलाउँदा निस्केको धुँवाका कारणले वरपरका स्थानीयहरु स्वास्थ्य समस्या भोगिरहेका छन् भने बाढी आएको समयमा बाढीले बगाएर तल्लो क्षेत्रका वस्तीमा फोहोर पुर्याउने गरेको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा फोहोरको कुनै समस्या नभएको दावी गरिरहँदा धरानको फोहोरका कारण इटहरी र रामुधनी नगरपालिकाका वासिन्दाहरु पीडित बनिरहेका छन् ।


यसैबिच सामुदायिक वनले आफ्नो क्षेत्रमा फालिने फोहोरको राम्रो व्यवस्थापन नगरिएको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएको छ । बाझगरा सामुदायिक वनका उपाध्यक्ष कुमार भारतीले वनमा बनाइएको डम्पिङ साइटको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलने, फोहोर डढाउँदा निस्कने दुषित धुवा वरपरका वस्तीमा फैलेर मानिसहरुलाई बिरामी बनाउने गरेको छ ।

आगोका कारण डढेलो फैलने र रुखहरु मर्ने गरेकोले वनलाई धेरै क्षती पुगिरहेकोले तत्काल धरान उपमहानगरपालिकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बताए ।


वनमा फालिएको फोहोर व्यवस्थापन गर्न सामुदायिक वनले धरान उपमहानगरपालिकालाई धेरै पटक पत्रसहित ध्यानकर्षण गराउँदा पनि चासो नदिएको गुनासो भारतीले गरे ।

फोहोर जथाभावी छरिएर दुर्गन्धित हुने, रातको समयमा जंगली जनावरहरु फोहोर फालेको ठाउँमा खानेकुरा खोज्दै आइपुग्ने हुँदा गाउँघरमा आतंक सृजना हुनेलगायतका समस्याहरु पनि छन् । उनले भने, ‘चाँडै फोहोर व्यवस्थापन भएन भने हामी गाडी रोक्न बाध्य हुनेछौ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..