मिटरब्याजी ठगी मुद्दामा १९३७ ले दिए उजुरी

काठमाडौं । देशभरबाट मिटरब्याजी ठगीसम्बन्धी मुद्दामा १९३७ उजुरी परेको छ । सोमबार गृहमन्त्रालयमा आयोजित पत्रकारसँगको भेटघाटका क्रममा गृहमन्त्री बालकृष्ण खाणले सो परिमाणमा मिटरब्याजीबाट ठगिएको उजुरी परेको जानकारी दिएका हुन् । ‘विगतमा विभिन्न राजनीति दलसँग भएको सम्झौताप्रति वर्तमान सरकार प्रतिबद्ध छ ।

मिटरब्याजीबाट आम नागरिकले भोग्नु भएका समस्याको अध्ययन गर्न कार्यदल बनेको छ’ उनले भने, ‘मिटरब्याजी ठगी सम्बन्धी समितिमा १९३७ उजुरी परेको छ ।’

मन्त्री खाणका अनुसार प्रदेश १ बाट ९२ वटा, मधेस प्रदेशबाट १३३० वटा, बागमती प्रदेशबाट २०२ वटा, गण्डकी प्रदेशबाट ३५ वटा, लुम्बिनी प्रदेशबाट २११ वटा, कर्णाली प्रदेशबाट २३ वटा र सुदूरपश्चिम प्रदेशबाट ५५ वटा उजुरी परेका छन् ।

समितिमा परेको उजुरीमाथि सरकारले छानविन शुरु गरेको मन्त्री खाणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..