गिरीको पार्थिव शरीर पार्टी कार्यालयमा, सभापति देउवादेखि कार्यकर्ता श्रद्धान्जली दिन पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गरेका हुन् । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो ।

श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको पार्टी कार्यालयमा भीड लागेको छ । आज बिहान ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

केहिबेर अघि पार्टी कार्यालय सानेपा ल्याइएको नेता गिरीको पार्थिव शरिर दिउँसो २ बजेसम्म सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । मेडिसिटी अस्पतालबाट नेता गिरीको शव प्रहरीले स्कर्टिङ गरेर सानेपा ल्याइएको थियो ।

उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..