भारतमा आज स्वतन्त्रताको हिरक उत्सव मनाइँदै

काठमाडौं । भारतले आज (साेमबार) स्वतन्त्रताको हिरक उत्सव मनाईरहेको छ । बेलायती उपनिवेशबाट मुक्त भएको ७५ वर्ष पूरा भएकाे उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईएकाे छ ।

स्वतन्त्रता दिवस मनाउन भारतभर आज कडा सुरक्षा ब्यवस्था मिलाईएको छ भने नयाँ दिल्लीस्थित लालकिल्लामा विशेष समारोह आयोजना हुने भएकाे छ ।


हर-घर तिरङ्गाको नारासहित भारतले स्वतन्त्रताको ७६औं वर्षगाँठ मनाएकाे छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लामा हुने विशेष समारोहमा झण्डोत्तलन गरी सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।लालकिल्ला वरपरको पाँच किलोमिटर क्षेत्रमा चङ्गा उडाउन पनि रोक लगाईएको छ । सडकमा हिंड्नेहरुलाई कारको साँचो बोक्न समेत बन्देज लगाइएको छ ।


भारत सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..