पाकिस्तानी युवती नाकाबाट नियन्त्रणमा

वीरगञ्ज । महोत्तरीको जलेश्वर हुँदै भारत प्रवेश गरिरहेकी पाकिस्तानी युवतीलाई भिठ्ठामोड नाकाबाट सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको छ।


प्रहरी स्रोतका अनुसार दावत-ए-इश्लामी संगठनसँग साँठगाँठ रहेकी पाकिस्तानी युवती महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सीतामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा सीमामा सुरक्षाका लागि खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिई सोधपुछ गर्दा पाकिस्तानी नागरिक रहेको खुलासा भएको हो।


फैसलाबाद पाकिस्तान बस्ने २५ वर्षीया खाजिदा नूर पाकिस्तानबाट साउन २१ गते दुबई एयरलाइन्सको फ्लाइट नम्बर ३४४ बाट दुबई आएको र सोही दिन उनी फ्लाई दुबई एयरलाइन्सको ५३९ नम्बरको फ्लाई दुबईबाट काठमाडौं आइपुगेकी थिइन्। उनले बोकेको पासपोर्ट नम्बर जीसी ००००८८१ रहेको छ।


साउन २१ गते शनिबार राति काठमाडौँबाट रात्रिबस चढेर सिरहा आइपुगेकी थिइन्। उनलाई सिरहाको कल्याणपुर नपा-५ का मोहन साहका छोरा जीवनकुमार साहले २२ गते बिहान सिरहाको होटलमा राखेर साउन २३ गते जलेश्वर पुगेका हुन्। जलेश्वरमा पहिलेदेखि नै किसान वाग, बाहदुरपुर जिल्ला हैदराबाद तेलंगाना बस्ने युवक सैयद महमुद उपस्थित थिए।

जलेश्वरमै उनीहरूको भेट भयो।सैयदले युवतीलाई भारत प्रवेश गराउन नक्कली आधार कार्ड बनाएर राखेका थिए। सोही आधारमा सैयदले नूरलाई लिएर अघि बढेपछि नेपाली युवक पछि–पछि भारततर्फ लागेका थिए।भिठ्ठामोड नाकाबाट भारततिर जाँदै गरेकी ती युवतीप्रति भारतीय जवान एसएसबीलाई शंका लागी सोधपुछ गर्दा पाकिस्तानी महिला भएको पुष्टि भएपछि नेपाली युवक त्यहाँबाट भाग्न खोज्दा तिनलाई पनि नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जानकारी दिएको छ।पाकिस्तानी युवती नूरलाई नियन्त्रणमा लिन भारतीय सुरक्षाकर्मी सफल भएका छन्।

नूर फैसलाबादस्थित जीसी वुमन युनिभर्सिटी फैसलाबादबाट बिएस साइक्लोजी विषयमा स्नातक छन्।दावत-ए-इश्लामी संगठनसँग साँठगाँठ रहेको युवती नूरको ४ सेप्टेम्बरको दुबई एयरलाइन्सको ५७६ नम्बरको फ्लाइटबाट साँझ ७ बजे काठमाडौंबाट दुबई र सोही दिन राति ११:३५ मा ३४३ नम्बरको फ्लाइटले दुबईबाट फैसलाबादबाट फर्किने टिकट समेत फेला परेपछि थप शंका उत्पन्न भएको सुरक्षा जाँच एजेन्सीले जानकारी दिए।

हालै भारतमा दावत-ए-इश्लामी संगठनको गतिविधि तीव्र बनेपछि खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो। पाकिस्तानी युवती नूरसँगै नेपाली नागरिक साह र भारतीय युवक सैयद महमुद सीतामढी सुरक्षा अधिकारीको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..