निगमका पूर्व प्रमुख शर्मा भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर गरेको छ ।


न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको हो । यसअघि सर्वोच्चको संयुक्त इजलासले यही मुद्दामा फैसला सुनाउँदै शर्मालाई दोषी ठहर गरेको थियो ।

त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए । २०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक थिए । पदमा रहँदा भ्रष्टाचार गरेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्चले ५३ लाख ९९ हजार ७८० बिगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो ।


सर्वोच्चले बिगो बराबरको जरिवानाका साथै ९ महिना कैद र महाप्रबन्धक जस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप ३ महिना कैद हुने फैसला सुनाएको थियो । त्यसबेला विशेष अदालतले भने उनलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..