नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका जाँदै

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक एकैपटक अमेरिका जाने भएका छन् । अमेरिकामा हुने विश्वभरीका प्रहरीहरुको सम्मेलनमा भाग लिन दुवै महानिरीक्षक भदौ तेस्रो साता भ्रमणमा जान लागेका छन् ।


यूएनकप्स भनिने संयुक्त राष्ट्र संघले आयोजना गर्ने यस्तो सम्मेलन हरेक वर्ष हुने गरेको छ । आगमी १५ र १६ भदौमा राष्ट्रसंघको मुख्यालयमा सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न देशका गृहमन्त्री, प्रहरी प्रमुख र उच्च सुरक्षा अधिकारीले विश्वका सुरक्षा चुनौती र त्यसविरुद्धको सहकार्यको विषयमा छलफल गर्नेछन् ।

यस्तो सम्मेलनमा द्वीपक्षीय छलफलहरु समेत हुने गरेको छ। एकै दिन आइजिपी भएका धिरजप्रताप सिंह र राजु अर्यालको यो पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..