लागुऔषधमा समातिए सशस्त्र प्रहरी


कैलाली । कैलालीमा डेढ किलो लागुऔषध चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत प्रहरी जवान गणेशप्रसाद जोशीलाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

बझाङको दुर्गाथली घर भएका जोशी धनगढी उपमहानगरपालिका–२, ट्राफिक चोकबाट सोमबार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट एक किलो पाँच सय ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..