पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको एनआईसी एसिया बैंकको एटीएम फोरेर पैसा चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने वर्ष २३ को कृष्णबहादुर बिक रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ गरी उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको छ ।
उनी यसअघि माछापूच्छ्रे बैंकको एटीएमबाट पैसा चोरेको आरोपमा कास्की जिल्ला अदालतबाट तोकिएको कैद भुक्तानी गरी छुटेको समेत अभिलेखबाट देखिएको प्रहरीको भनाइ छ ।


