महंँगी र भ्रष्टाचारविरुद्ध एमाले उत्रियो सडकमा

काठमाडौं । महंगी र भ्रष्टाचार बढेको भन्दै नेकपा एमालेले आज वसन्तपुरमा विरोध प्रदर्शन गरेको छ । सरकारविरुद्ध नाराबाजी गर्दै एमाले कार्यकर्ताहरु सडकमा उत्रिएका हुन् ।


वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा उनीहरु प्लेकार्ड, ब्यानर र झन्डा तथा ग्यास सिलिन्डर समेत बोकेका थिए । प्रदर्शनमा एमाले कार्यकर्ता तथा एमाले निकट जनजाति संगठनका कार्यकर्ताहरु सहभागी थिए ।

परमादेशी सरकार मुर्दावाद, भ्रष्टाचार नियन्त्रण गर, कालो धन्दा कारोबार बन्द गर लगायत नाराहरु लगाएका थिए । काठमाडाैँका पूर्व मेयर विद्यासुन्दर शाक्य समेत प्रदर्शनमा सहभागी थिए ।


जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले वर्तमान गठबन्धन सरकारका कारण भ्रष्टाचार, महंगी र बेथिति बढेकोले आफूहरु खबरदारी गर्न सडकमा उत्रिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..