झापाको दुई ठाउँबाट तस्करीको सुपारी बरामद


विराटनगर । तस्करी गरेर भारत लैजान लागिएको सुपारीले प्रहरीले झापाको दुई ठाउँबाट बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले अलगअलग स्थानबाट सोमबार सुपारी नियन्त्रणमा लिएको हो ।

काँकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिरनजिकबाट ८७ हजार पाँच सय रूपैयाँ बराबरको सुपारी बरामद गरेको छ ।


जिल्लाको टोलीले मेचीनगर–६ जेसिका ठ्याकनजिकबाट ९६ हजार रूपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार अवैध तरिकाले नेपालबाट भारततिर लैजान लागिएको सुपारी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..