सोलुखुम्बुबाट १२ सय क्विन्टल जडीबुटी निकासी

सोलुखुम्बु। सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १२ सय क्विन्टल भन्दा बढी जडीबुटी निकासी भएको छ । गएको आर्थिक वर्षमा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार १२० किलो जडीबुटी निकासी भएको हो ।

कार्यालयको तथ्यांक अनुसार लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रा गैर काष्ठ वन पैदावर निकासी भएको छ ।

जिल्लामा सामुदायिक वन ३२ हजार ७ सय ३ दशमलव ९६ हेक्टर, निजी १८५ दशमलव ५ हेक्टर र राष्ट्रिय वन ६ हजार ८ सय ८५ दशमलव ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

ती वन क्षेत्रहरुबाट मछिनो, चिराईतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफुल लगायतका जडीबुटी निकासी हुने गरेको छ ।

यी जडीबुटीहरु औषधिका लागि झापा, काकड्भिट्टा, काठमाडौं हुँदै भारत निकासी हुने गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..