कामदारले सुरक्षण राखेकाे ८ करोड ४९ लाख रकम गुपचुप

काठमाडौँ । विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ ।

ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औंल्याएको छ ।

नेपाली नियोगले विनियोजनतर्फ वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम/दोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ ।

‘उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, घर र अपार्टमेन्टतर्फ सरकारी निकायले अन्य निकायमा राखेको धरौटी अभिलेख महालेखा परीक्षकद्वारा स्वीकृत ढाँचामा राख्नुपर्ने व्यवस्था भए पनि दूतावासले चान्सरी भवन र कर्मचारी आवास गृह भाडामा लिँदा जेनेभा, हङकङ, कोपेनहेगनलगायत २२ नियोगबाट १ सय २ घर/अपार्टमेन्टका सम्बन्धित घरधनीलाई ६ करोड ७४ लाख सुरक्षणबापत भुक्तानी भएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..