महिला युरो : साविक विजेता नेदरल्यान्ड्सलाई पराजित गर्दै फ्रान्स पहिलोपटक सेमिफाइनलमा

काठमाडौं । साविक विजेता नेदरल्यान्ड्सलाई पराजित गर्दै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।


एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गरेक‍ो हो।फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्यो।

खेलको १०२औं मिनेटमा जान्सेनले पेनाल्टी बक्समा काडिडियाटोउ डिएनीलाई फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए। जसमा पेरिसेट चुकिनन्।

योसँगै महिला युरो च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। अब फ्रान्सले सेमिफाइनलमा जर्मनीसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा इङ्ग्ल्यान्ड र स्वीडेनबीच मंगलबार राति प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताको फाइनल खेल ३१ जुलाईमा हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..