नागरिकता विधयेक पारित, को पक्षमा को विपक्षमा

काठमाडौं । विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नागरिकता पाउने गरी विधयेक पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले बहुमतद्वारा विधयेक पारित गरेको हो ।

विधयेकको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उभिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमिकिपा विधयेकको विपक्षमा उभिएका थिए । एमालेले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष समय राख्नुपर्ने माग राखेका थिए ।

विधयेकमा ४५ जना सांसदहरुले ९४ वटा विषयमा संशोधन प्रस्ताव राखेपनि पारित भएन । टेबुल गरिएकै विषय पारित भयो ।

विधयेकमा ३ असोज २०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भए उक्त व्यक्तिको १६ वर्ष उमेर पूरा भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

२२ साउन २०७५ मा संसदमा दर्ता भएको नागरिकता विधयेक ४ वर्ष पूरा हुनलाग्दा पारित भएको हो ।

विधयेकले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ ।

नेपालमा फेला परेका तर आमा बुवा दुवैको ठेगान नभएके नाबालकलाई बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको आधारमा नेपाली नागरिक मानिने भनिएको छ ।

नेपाली नागरिक आमाबाट नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसेको व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..