श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धनाले लिए शपथ

श्रीलंका । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त भएका छन्। राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष नवनियुक्त प्रधानमन्त्री गुणवर्द्धनाले केही समयअघि शपथ लिएको डेली मिररले उल्लेख गरेको छ।राष्ट्रपतीय निर्वाचनमा विक्रमासिङ्घेका प्रस्तावक गुणवर्द्धना थिए।

उनैलाई विक्रमासिङ्घेले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गुणवर्द्धना युनाइटेड नेशनल पार्टीका नेता हुन्।विक्रमासिंघेले श्रीलंकाका राष्ट्रपतिका रुपमा गएराति सपथ लिएका थिए। आलोचना र सडकमा जारी विरोध प्रदर्शनबिच राष्ट्रपतिको कार्यभार सम्हालेका रनिलले देशमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्।

रनिलको निर्देशनसँगै सरकारविरोधी प्रदर्शन भइरहेको स्थलहरुमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। राष्ट्रपति भवन कब्जामा लिएका प्रदर्शनकारी हटाउन ठूलो संख्यामा प्रहरी र सेना तैनाथ गरिएको छ। प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिनुअघि राष्ट्रपति गोताबाय राजपाक्षे भाग्न सफल भएका थिए। विदेश पुगेका उनले राजीनामा दिएपछि रनिल राष्ट्रपति बनेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..