गभर्नरविरुद्ध आन्दोलन : सत्तारूढ विद्यार्थी संगठनले राष्ट्र बैंकमा कालो ब्यानर राख्दै


काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। जसअनुसार आज बुधबार नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरका कार्यालयहरूमा कालो ब्यानर राख्न लागेका छन्।

गभर्नर अधिकारी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यको जिम्मेवारीमा रहेकोले उनको राजीनामाको माग गर्दै सत्तारूढ दलका तीन विद्यार्थी संगठनहरूले संघर्षका कार्यक्रम घोषण गरेका हुन्।


भोलि बिहीबार प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन र अन्तरक्रिया कार्यक्रम गर्ने, शुक्रबार देशैभरीका क्यामपसहरूमा आफ्नो सापेक्षामा विरोध कार्यक्रम गर्ने उनीहरूले तय गरेका छन्। साउन ७ गते संघीय संसद्‌का सदस्यहरूलाई गभर्नर बर्खास्तीको माग गर्दै सन्देश पठाउने भनिएको छ।

अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको विद्यार्थी संगठनहरूको आरोप छ। आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..