विराटनगर । सुनसरी देवानगन्ज गाउँपालिका पक्की टोलबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडी बरामद भएएको छ ।
आज बिहान २ बजे १ नं प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा सो सामान ब रामद् गरेको हो । प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।


