सुनसरी । जिल्लाको भरौलीस्थित चतरा–पकली सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको टाटा सुमोले सोहि दिशामा गइरहेको साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
साँझ साँढे ७ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका–३ मा को १ च ७७९१ नं। को गाडीले सिमरवन बस्ने अन्दाजी ५५ वर्षिय दुखीलाल धामीलाई ठक्कर दिएपछि उनी घाइते भएका थिए ।
उपचारका क्रममा घोपा धरान पठाइए पनि राति ८ बजे धामीको मृत्यु भएको हो । प्रहरीले टाटा सुमो चालक उदयपुरकै बेल्टार–७ बस्ने ४३ वर्षिय समिर ओझालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।


