बालकाेट पुगेर ओलीलाई भेटे चिनियाँ नेता लिउले

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले भेट गरेका छन् । आज मंगलबार बालकोटस्थित ओलीकै निवासमा पुगेर चिनियाँ नेता लिउले  शिष्टाचार भेट गरेका हुन् ।

लिउ आफ्नाे प्रतिनिधिमण्डल सहित मंगलबार बिहान बालकोट पुगेका थिए । भेटवार्ता जारी रहेको जनाइएको छ ।

साे वार्तामा अध्यक्ष ओलीसँगै एमाले  उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालका साथै विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी रहेकाे जनाइएकाे छ ।

नेता लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका थिए । उनी उच्चस्तरीय राजनीतिक भेटमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..