गोंगबुबाट चोरीको मोटरसाइकलसहित एकजना फक्राउ


काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौँको गोंगबु चोकबाट गरेको छ ।


पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा १० सुकेपोखरी घर भइ काठमाडौंको कपन बस्ने ३० वर्षीय मनोज घिमिरे रहेका छन् ।काठमाडौं बुद्धनगरबाट हराएको बागमती प्रदेश ०२-०२४ प ०१८९ न.को रातो रङको २०० सी.सी.को पल्सर मोटरसाईकलसहित उनलाई गोंगबुबाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले बताए ।

उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-०२४ प ०१८९ खुल्न आएको सो मोटरसाईकल जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-७ घर भई हाल काठमाण्डौं बुद्धनगर बस्ने सौगन श्रेष्ठको रहेको छ ।

पक्राउ परेका उनमाथि चोरी मुद्दामा कारबाहीका लागि प्रहरी वृत्त वानेश्वर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..