सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सवारी ज्यान मुद्धामा सम्मानित पुनराबेदन अदालत बिराटनगरको सजाय निर्धारण फैसला आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका सुन्दरहरैचा नगरपालिका-९ का ३१ बर्षीय बिनोद कुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ ।


खवासलाई सवारी ज्यान मुद्धामा सम्मानित पुनाराबेदन अदालत बिराटनगरको २०७१।१२।११ गतेको फैसला आदेशले २ बर्ष कैद र २ हजार जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदे आएका खवासलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान सुन्दरहरैचा-९ बाट पक्राउ गरेको हो ।


पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..