भारत निर्यात हुन थाल्यो नेपाली सिमेन्ट, पाल्पा सिमेन्टले खोल्यो ढोका

काठमाडौं । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले उत्पादित सिमेन्ट भारतमा निर्यात गरेको हो ।

शुक्रबार एक समारोह गर्दै पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो ।

पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट भारतमा गएको छ । सरकारले चालु आर्थिक वर्षदेखि सिमेन्ट निर्यात गर्दा अनुदान दिने व्यवस्था समेत गरेको छ ।

पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्धक जीवन निरौलाका अनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । त्यसैकारण अब भारतीय बजारमा निर्यात गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।

पाल्पा सिमेन्टका कार्यकारी निर्देशक शेखर अग्रवालका अनुसार बजारमा पीपीसी सिमेन्टको माग बढी छ । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले दैनिक करिब ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..