गैँडा सिकारी समूहका नाइके दाजुभाइ पक्राउ


काठमाडौं । गैंडा सिकारी समूहका नाइके रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।यसअघि पनि गैँडा सिकारी गरेको अभियोगमा १५ वर्ष जेल सजाय भुक्तान गरिसकेका उनीहरुले पुनः चितवन राष्ट्रिय निकुञ्जको बादरझुला क्षेत्रमा चारवटा गैँडा मारेको ब्यूरोका एसपी श्यामकुमार महतोले अनलाइनखबरलाई बताए ।


घटनापछि फरार रहेका उनीहरुमध्ये रामकुमारलाई १४ असार र बमबहादुरलाई १६ असारमा भिमफेदी र मलेखुबाट पक्राउ गरिएको उनले बताए । उनका अनुसार चितवनस्थित निकुञ्जसँगको सहकार्यमा अपरेशन चलाएर उनीहरुलाई त्रफाउ गरिएको हो ।


रामकुमार र बमकुमार दाजुभाइ हुन् । राजकुमारमाथि २०५७ सालदेखि २०६० सालसम्म चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी दलदले क्षेत्रबाट २८ वटा गैंडा मारेर खाग विक्री गरेको आरोप थियो । त्यसतिवेला अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा नेट नोटिस जारी भएको थियो । र, इन्टरपोलको सहयोगमा सीआईबीले मलेसियाबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..