शंकास्पद वस्तु बोकेको भारतीय कन्टेनर नियन्त्रणमा


बाँके। बाँकेमा शंकास्पद वस्तुसहित एउटा भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।बाँकेको जमुनाह नाकाबाट भारततर्फ तर्फ जादै गरेको कन्टेनरमा अवैध वस्तु लुकाएर लैजानेक्रममा प्रहरी कार्यालय बाँकेले शुक्रवार बिहान १० बजे कन्टेनर नियन्त्रणमा लिएको हो ।

कन्टेनर खाली देखिए पनि अगाडिको भागमा वेल्डिङ गरेर बोरामा सेतो गेडा भएको वस्तु लुकाइएको अवस्थामा फेला परेको प्रवक्ता मधुसुधन न्यौपानेले बताए ।उनले उक्त बस्तु अफिमको बीउ हुन सक्ने बताए । कन्टेनरबाट २५ किलोका परिमाणले २ सय ५० बोरा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता न्यौपानले बताए ।


बरामपद गरिएको उक्त बस्तु लागूऔषध अफिमको बीउ भए नभएको पुष्टि गर्न परिक्षणका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको कन्टेनरका चालक र सहचालक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..