बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई तारेकेश्वरबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ स्थायी घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका-१ बस्‍ने ३२ वर्षीय रामचन्द्र थापा मगर रहेका छन् ।


उच्च अदालत पाटनले २०७६ साल माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र १ लाख ९६ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।


साथै २०७८ साल कात्तिक २८ गते १० लाख जरिवाना , ३ दिन कैद र ४ लाख ७० हजार जरिवाना, ३ दिन कैद र १८ हजार ८ सय क्षतिपूर्ति शुल्क भराउने फैसलामा जम्‍मा रु ६३ लाख ६५ हजार ५ सय जरिवाना र ६ दिन कैद र २ लाख ५४ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति ठहर भएकोमा उनले जरिवाना, कैद र क्षतिपूर्तिसमेत नतिरी फरार भएका थिए ।

प्रहरीले काठमाडौंको तारकेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..