ताइवानको वायु क्षेत्रमा २९ चिनियाँ लडाकु विमान

काठमाडौँ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमान दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै बताएको छ ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी-८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो । ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’ को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ ।

ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्वपूर्ण रणनीतिक चासोका साथ अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..