नेपाल एयरलाइन्सले व्यावसायिक योजना परिमार्जन गर्ने


काठमाडौं । नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमका नवनियुक्त महाप्रवन्धक दीपु ज्वारचनका अनुसार निगम व्यवस्थापनबाट तत्कालको हवाई बजारलाई मध्यनजर गर्दै १० वर्षे (२०२१-२०३०) एकीकृत व्यवसायिक योजनाको समीक्षा र आवश्यक परिमार्जन गर्ने निर्णय गरिएको हो ।

निगमले १७ असारमा नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय भएको छ । अहिले सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय समेत निगम व्यवस्थापनले गरेको छ ।

निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्ने निर्णय समेत भएको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..