पर्यटन बोर्डका सिइओलाई हटाउन खोज्ने मन्त्री आले


काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आज राजीनामा पत्र बुझाएका हुन् ।

मन्त्री भएदेखि नै नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीलाई नियम विपरित हटाउन खोजेका मन्त्री आले अन्ततः आफै राजिनामा दिन बाध्य भएका छन् । मन्त्री आलेले रेग्मीलाई हटाउन बोर्डको सञ्चालक समितिमा पटक–पटक दबाब दिएका थिए । तर, रेग्मीको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण मन्त्री आलेको स्वार्थ पूरा हुन सकेको थिएन ।


मन्त्री आलेले रेग्मीलाई बोर्डबाट नियम विपरित विभिन्न शिर्षकका नाममा करोडौं रकम दुरुपयोग गर्न लगाएका थिए । तर, रेग्मीले नमानेपछि रेग्मीलाई हटाउन आले निरन्तर लागेका थिए ।मन्त्री आलेलले दबाब दिंदा पनि बोर्ड सञ्चालक समितिमा बहुमत नपुगेपछि सिइओ रेग्मीलाई हटाउन सकेका थिएनन् ।

आफू अनुकुल काम नगरेको भन्दै बोर्डको सिइओबाट हटाउन जालझेल गरेका मन्त्री आलेको रणनीति उनकै मन्त्री पद खुस्किएपछि असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..