काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार नगरसभामा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ ।
यस्तै, कुल बजेटमध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार, पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको छ ।


