नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयक छलफलमा


काठमाडौं । प्रतिनिधिसभाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ दफाबार छलफलका लागि संसदीय विषयगत समितिमा पठाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खांणले यो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।
गृहमन्त्री खांणका अनुसार संघीय राजधानी काठमाडौं उपत्यका (काठमाडौं, लसलतपुर र भक्तपुर)को सुरक्षा केन्द मातहत राख्ने कानुनी व्यवस्थाका लागि यो विधेयक ल्याइएको हो ।

उनका अनुसार यो व्यवस्था हाल अध्यादेशमार्फत कार्यान्वयनममै रहेको छ ।विश्वका धेरै मुलुकमा संघीय राजधानीको सुरक्षा गर्नका लागि विशेष व्यवस्था गरेर केन्द्र मातहत राख्ने अभ्यास रहेको भन्दै पुर्ववर्ती सरकारले अध्यादेशमार्फत उपत्यकाको सुरक्षा केन्द्र मातहत रहने गरी अध्यादेश ल्याएको थियो । वर्तमान सरकारले पनि यही तर्क गर्दै विधेयक ल्याएको हो ।


यो विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाले विषयगत समितिमा पठाएकाले अब सांसदहरुलले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्छन् । समितिमा सांसदहरुको संशोधनलाई साथमै राखेर छलफल गर्ने र पारित गर्ने अभ्यास छ । विषयगत समितिले पुनः सभामै विधेयकको प्रतिवेदन पेश गरेपछि सभाले निर्णय गरेर राष्ट्रिय सभामा पठाउँछ ।

राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाउनुपर्ने हुन्छ । दुबै सदनले पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..